images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

    यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ ।

    सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images