काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज)गरी बन्द गर्ने भएको छ ।
बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाउने जनाएको हो ।
बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले नजिकको तोकिएको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
समायोजनअनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखामा गाभिनेछ भने काठमाडौंस्थित बालाजु शाखा गोंगबु शाखासँग समायोजन गरिनेछ ।
त्यसैगरी खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा गाभिने बैंकले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा समायोजन हुनेछ भने मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा गाभिनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















