images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सोमबार (जेठ ४) सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ ।

    आइतबार (जेठ ३) छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images