images
images
  • सुन–चाँदीको मूल्य ह्वात्तै घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

    सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ ।

    छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घटेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    शुक्रबार चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images