images
images
  • सञ्चालक र सिइओ पक्राउ पर्न थालेपछि एनसेलले फिर्ता माग्यो बैंकबाट आफ्नो अर्बौँ ब्यालेन्स

    काठमाडौं– एनसेल आजियाटाले स्मार्ट टेलिकमको लिलामी प्रक्रियाबाट पछि हट्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग लिलामीबापत तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता मागेको छ ।

    कम्पनीले कानुनी प्रश्न उठेको भन्दै उक्त रकम आफ्नै खातामा फिर्ता गर्न २९ वैशाखमा पत्राचार गरेको जनाएको छ ।

    सिइओ माइकल फोलेले हस्ताक्षर गरेको पत्रमा सम्पत्ति हस्तान्तरण हुन नसकेको अवस्थामा रकम फिर्ता गर्न माग गरिएको छ ।

    यसअघि दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वका सम्पत्तिको लिलामी नगर्न निर्देशन दिए पनि प्रक्रिया अघि बढाइएको थियो ।

    हाल यस प्रकरणमा अनुसन्धान पनि जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images