images
images
  • हिमालयन रिइन्स्योरेन्सको नयाँ पुनर्बीमा कारोबारमा प्रतिबन्ध

    काठमाडौं– नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।

    बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) अनुसार गरिएको निर्णयअनुसार अब कम्पनीले नयाँ पुनर्बीमा कारोबार गर्न पाउने छैन ।

    प्राधिकरणका अनुसार, यस अवधिमा पुनर्बीमा दाबी भुक्तानी तथा पहिले भएका पुनर्बीमा व्यवसायसँग सम्बन्धित रेट्रोसेसन कार्य भने जारी रहनेछ ।

    यो प्रतिबन्ध आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म लागू हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले वैशाख २९ गतेको निर्णय कार्यान्वयन गर्दै बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गरेको छ ।

    साथै, सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images