images
images
  • इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

    काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

    सीआईबीले उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे नियन्त्रणमा लिएको हो ।

    पक्राउपछि उनलाई काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ ।

    उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ ।

    ६३ वर्षीय पाण्डे काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका थिए ।

    उनीविरुद्ध मुलुकी अपराधसंहिता अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images