काठमाडौं– नेपालमा भ्रष्टाचार, ठगी वा अन्य गैरकानुनी तरिकाले कमाइएको सम्पत्ति भारतमा लुकाइएको पाइए खोजी गरी फिर्ता ल्याउने बाटो खुलेको छ ।
नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता भएपछि यस्तो व्यवस्था लागू हुने भएको हो ।
५ फागुन २०८२ मा भएको उक्त सम्झौता बुधबार प्रतिनिधिसभामा पेस गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सम्झौताले भ्रष्टाचार, मनी लाउन्डरिङ, ठगी र सीमापार अपराध अनुसन्धानमा सहयोग पुग्ने बताइन् ।
सम्झौताअनुसार नेपालले भारतसँग शंकास्पद बैंक खाता, घरजग्गा वा व्यवसायबारे जानकारी माग्न सक्नेछ ।
प्रमाण पुष्टि भएपछि त्यस्ता सम्पत्ति रोक्का, जफत वा नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाइनेछ ।
सरकारका अनुसार अब भारतमा नेपालीको ‘अवैध’ सम्पत्ति खोजी गर्ने कानुनी आधार तयार भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















