काठमाडौं– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।
इरान र अमेरिकी विमानहरू युद्धविरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीहरूलाई ओसारपसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, “केही विमान र सहयोगीहरू अस्थायी रूपमा पाकिस्तानमा रहेका छन् । तर ती कुटनीतिक उद्देश्यका साथ त्यहाँ आइपुगेका थिए ।”
विदेश कार्यालयले आगाडि भनेको छ, “औपचारिक वार्तामा रोकिए पनि युद्धरत पक्षबिच कूटनीतिक आदान–प्रदान जारी छ र नूर खान एयरबेसमा रहेका कतिपय विमान र सहयोगीहरू इरानी विदेश मन्त्रीको भ्रमणका क्रममा रणनीतिक व्यवस्थामा सहजीकरणका लागि तैनाथ गरिएको होे ।”
पाकिस्तानले उक्त विमान कुनै पनि सैन्य आकस्मिकता वा संरक्षण व्यवस्थासँग जोडिएको भन्ने भनाइलाई कडा रूपमा अस्वीकार गरेको छ र यस्तो दाबी काल्पनिक र तथ्यबाट अलग रहेको बताएको छ ।
इस्लामावादले वार्ता, तनाव न्यूनीकरण, क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्ने पाकिस्तानी प्रतिबद्धतालाई दोहोर्याएको छ ।






















