काठमाडौं– नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभामा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देश संकटमा पर्दा र ‘परमाधिपतिको मुख्यालयमा धावा बोलिँदा’ नेपाली सेना किन मुकदर्शक बनेको भन्दै प्रश्न गरे ।
साथै उनले लिपुलेक अतिक्रमणका बेला मौन बसेको सेना अहिले सुकुमवासी बस्तीमा परेड खेलिरहेको टिप्पणी पनि गरे ।
बादलको अभिव्यक्तिप्रति सदनमै विरोध भएको छ ।
मनिष खनाल र खुस्बु ओलीले उक्त टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
राप्रपाकी सांसद ओलीले सेनामाथिको टिप्पणी राष्ट्रिय मनोबलमाथिको प्रहार भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्






















