images
images
  • हरेक क्षेत्रको प्रतिनिधित्वकै लागि हामीले हिजो बन्दुक उठायौँ : प्रचण्ड

    काठमाडौं– नेकपाका संयोजक प्रचण्डले नयाँ संसद् सहिदहरूको बलिदानबाट बनेको समावेशी संरचना भएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसद् भवन सिमेन्ट, इँटा र फलामले मात्र नभई हजारौं सहिदको बलिदानबाट बनेको उल्लेख गरे ।

    उनले भने, “हरेक वर्ग, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हामीले हिजो बन्दुक उठायौं र आन्दोलन गर्‍यौं । यसको जगमा सहिदहरूको त्याग छ ।”

    प्रचण्डले सबै आन्दोलनका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीप्रति सम्मान प्रकट गर्दै रास्वपाको सफलतामा बधाई पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images