images
images
  • अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते

    काठमाडौं– अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    पर्वतबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस मंगलबार पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडुलेमा फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि स्थानीय र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

    घाइतेहरूलाई उपचारका लागि पाल्पा र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images