images
images
  • राष्ट्रपतिले नीति तथा कार्यक्रम पाठ गर्दैगर्दा सुटुक्क भाग्ने प्रधानमन्त्रीको जवाफ माग

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बाहिरिएको विषयमा स्पष्टिकरण माग गरेको छ ।

    मंगलबार प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद वासना थापाले उक्त घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासका लागि असामान्य भन्दै प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताइन् ।

    उनले संवैधानिक संस्कार, संसदीय मर्यादा र सरकारको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको भन्दै यस्ता घटना दोहोरिन नदिन सचेत गराउनुपर्ने धारणा राखिन् ।

    प्रतिपक्षी दलको तर्फबाट उनले प्रधानमन्त्रीसँग औपचारिक जवाफको मागसमेत गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images