images
images
  • पाकिस्तानी प्रहरीमाथि गरिएको बम विस्फोटनमा ७ जनाको मृत्यु

    काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार यो घटना लक्की मारवत जिल्लामा भएको थियो ।

    उक्त क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले बताको छ ।

    विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ ।

    अनुसन्धानका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको जनाइएको छ भने विस्फोट पछि बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विस्फोटको प्रकृति निर्धारण भइरहेको छ ।

    घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ, भने अहिलेसम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images