images
images
  • आणविक बम बोकेर उत्तर कोरिया हानिएको रूसी जहाज समुन्द्रमा डुब्यो

    काठमाडौं– उत्तर कोरियातर्फ जाँदै गरेको एक रूसी जहाज रहस्यमय परिस्थितिमा डुबेको अमेरिकी मिडिया सीएनएनले जनाएको छ ।

    जहाजले पनडुब्बीमा प्रयोग हुने आणविक रिएक्टर वा संवेदनशील सैन्य उपकरण बोकेको हुन सक्ने आशंका गरिएको छ ।

    जहाज डुब्नुको कारण अझै स्पष्ट छैन तर पश्चिमी सुरक्षा विश्लेषकहरूले यसलाई सामान्य दुर्घटनाभन्दा गम्भीर रणनीतिक घटनाका रूपमा हेरेका छन् ।

    रिपोर्टअनुसार, जहाज उत्तर कोरियातर्फ गइरहेको र त्यसमा सैन्य प्रविधि रहेको हुन सक्ने अनुमान छ ।

    रूस र उत्तर कोरियाबीच पछिल्ला वर्षहरूमा सैन्य सहकार्य बढ्दै गएको छ भने अमेरिकालगायत देशहरूले संवेदनशील प्रविधि हस्तान्तरणप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

    यदि जहाजमा आणविक रिएक्टर नै थियो भने यसले उत्तर कोरियाको नौसैनिक क्षमतामा ठूलो असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

    घटनाबारे रूस र उत्तर कोरियाले औपचारिक प्रतिक्रिया दिएका छैनन् भने पश्चिमी गुप्तचर निकायहरूले अनुसन्धान जारी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images