images
images
  • संसद्‌मा सम्बोधन गर्दै सत्ता र विपक्षी दलका शीर्ष नेता

    काठमाडौं– आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

    नेपाली कांग्रेसका भीष्मराज आङ्दाम्बे, नेकपा (एमाले)का रामबहादुर थापा, नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने वा उपनेता कसले बोल्ने भन्ने निर्णय संसदीय दलले गर्नेछ ।

    संसदमा हाल सरकारको नीति तथा कार्यक्रम, अध्यादेश र सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारप्रति आलोचना बढ्दै गएको सन्दर्भमा नेताहरूको सम्बोधन महत्वपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images