काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जनाएको छ ।
महाशाखाले मंगलबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ ।
यसैगरी बागमती र गण्डकीका केही स्थान, कोशी, लुम्बिनी र कर्णालीका हिमाली–पहाडी भू–भागका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
दिउँसो र राति
महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकीका केही स्थानमा, मधेश तथा अन्य पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य हिमाली–पहाडी भू–भागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसम परिवर्तनशील रहने भएकाले चट्याङ, भारी वर्षा तथा हिमपातका सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो पूर्वानुमान २०८३ बैशाख ३१ गतेसम्म वैध रहने जनाइएको छ ।























