images
images
  • श्रममन्त्रीको सचिवालयमा कार्यरत कर्मचारी अपहरण मुद्दामा पक्राउ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका छन् ।

    सप्तरीको राजविराज नगरपालिका–३ निवासी २७ वर्षीय मियाँलाई सोमबार राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।

    उनीसहितको समूहले २०८२ फागुन १४ गते राजु कुमार चौधरीलाई अपहरण गरी सुनसान स्थानमा लगेर कुटपिट गर्दै मोबाइल, सुनको सिक्री र नगद लुटेको आरोप छ ।

    पीडितलाई अपमानजनक व्यवहार गर्दै नग्न अवस्थामा छाडिएको भन्दै उजुरी परेको थियो ।

    घटनामा संलग्न अन्य ३ जना अझै फरार छन् ।

    मियाँविरुद्ध जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो ।

    उनी विद्युतीय अपराध र अर्को कुटपिट मुद्दामा पनि फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images