images
images
  • रास्वपा संसदीय दलको बैठक बस्दैछ किन ?

    काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

    परियारका अनुसार बैठकमा सोमबार सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि पार्टीको भूमिका साथै आज दिउँसो बस्ने संसद् बैठकमा गर्ने सम्बोधनलगायत विषयमा छलफल हुने छ ।

    बैठक साढे ११ बजेका लागि बोलाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images