images
images
  • वडाध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    काठमाडौं– अमेरिकाबाट फर्किएका स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसार आरोपमा पक्राउ परेका छन् ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले पीडितको उजुरीका आधारमा उनलाई कास्कीबाट पक्राउ गरेको हो ।

    २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित थापा स्वास्थ्य उपचारको बहानामा २०८० भदौमा सम्पर्कविहीन भई पछि अमेरिका पुगेका थिए ।

    स्थानीय स्रोतका अनुसार उनले केही व्यक्तिलाई अवैध रूपमा अमेरिका पठाउने र रकम लिएर अलपत्र पार्ने आरोप खेप्दै आएका थिए ।

    करिब साढे दुई वर्षपछि नेपाल फर्किएका थापा पुनः वडा कार्यालयमा सक्रिय भएका बेला पक्राउ परेका हुन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images