काठमाडौं– मंगलबार सुन–चाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४४ सय रुपैयाँले बढेको हो ।
सोमबार सुन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी ३ सय ५५ रुपैयाँले महँगिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















