काठमाडौं– काठमाडौंमा आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको छ ।
मौसम पूर्वानुमान अनुसार पोखरा, जिरी र ताप्लेजुङमा सबैभन्दा बढी ७० प्रतिशत वर्षाको सम्भावना छ ।
ओखलढुंगा, धनकुटा र जोमसोममा पनि ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने डडेलधुरा, दिपायल, जुम्ला, घोराही, भैरहवा, सिमरा र धरानमा ४० प्रतिशत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
त्यसैगरी वीरेन्द्रनगर, विराटनगर र जनकपुरमा ३० प्रतिशत तथा धनगढी र नेपालगञ्जमा २० प्रतिशत वर्षाको सम्भावना छ ।
तापक्रमतर्फ धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने जोमसोम सबैभन्दा चिसो रहनेछ ।
प्रतिक्रिया दिनुहोस्























