images
images
  • नेप्से परिसूचकमा ३८ दशमलव १९ अंकको वृद्धि

    काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ ।

    यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

    ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक छ दशमलव शून्य आठ अङ्कले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ ।

    कारोबार भएकामध्ये कूल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ ।

    यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    कूल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैयाँमा कारोबार भयो ।

    उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

    यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

    त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images