काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।
आज प्रतितोला दुई लाख ९८ हजार ५०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सोही परिणामको चाँदी पाँच हजार ३०० मा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















