काठमाडौं– गत फेब्रुअरी –२८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५०० भन्दा बढी माल–बाहाक जहाजहरू खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन ९आइएसओ० ले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाजहरू खाडीमा फसेको जनाएका हुन् ।
उनले उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनहरूको अधिकाशं ढुवानी हुने गरेको उल्लेख गरेका छन् ।
उद्योग व्यवसायी समुद्री सङ्गठनका प्रतिनिधिहरूको प्रभावित समूहलाई सम्बोधन गर्दै डोमिङ्गेजले फसेका चालक दलका सदस्यहरू अन्य देशहरू बाट हरेक दिन नियमित कामका लागि हिडिरहेका निर्दोष व्यक्तिहरू उनीहरूको नियन्त्रण भन्दा बाहिरको भूराजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फसेको जनाएका छन् ।


विश्व खबर 




















