images
images
  • मन्त्रिपरिषद् बैठकले १५ अवैतनिक दूत पदमुक्त गर्नुका साथै अरू के–के गर्‍यो निर्णय ?

    काठमाडौं– सरकारले विभिन्न देशमा कार्यरत १५ जना अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले वैशाख २८ गते सोमबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    सो अवसरमा सांसदहरूको अनिवार्य उपस्थिति आह्वान गरिएको छ ।

    त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महत्वपूर्ण महासन्धि—बाध्यकारी श्रम अन्त्यसम्बन्धी प्रोटोकल (२०१४) र श्रम निरीक्षण महासन्धि (१९४७) लाई अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images