images
images
  • नयाँ प्रधानन्यायाधीश शर्माविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको रिटमा उक्त निर्णय संविधानको शक्तिपृथकीकरण सिद्धान्तविपरीत भएको दाबी गरिएको छ ।

    रिटमा निर्णय खारेज गरी वरियतामा पहिलो नम्बरमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गरिएको छ ।

    संवैधानिक परिषदले बिहीबार गरेको सिफारिसमा वरियतामा अगाडि रहेका न्यायाधीशहरूलाई छोडेर चौथो नम्बरका शर्मालाई अघि सारिएको थियो ।

    उक्त निर्णयमा केही सदस्यहरूले असहमति जनाउँदै नोट अफ डिसेन्ट समेत लेखेका थिए ।

    यस निर्णयप्रति विभिन्न राजनीतिक दल र सामाजिक सञ्जालमा समेत बहस तथा आलोचना भइरहेका छन् ।

    नयाँ प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिस भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images