images
images
  • प्रधानन्यायाधीशमा किन छानिए शर्मा ?

    काठमाडौं– वरिष्ठताका आधारमा मात्र नभई कार्यसम्पादन, फैसला क्षमता र न्यायिक सक्रियतालाई आधार बनाएर डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको संवैधानिक परिषद् सचिवालयले जनाएको छ ।

    विगत पाँच वर्षमा सात हजारभन्दा बढी मुद्दा तथा निवेदन फर्स्योट गरेको रेकर्ड शर्माको नाममा रहेको छ ।

    न्यायपरिषद्ले प्रस्ताव गरेका ६ जना न्यायाधीशमध्ये सबैभन्दा धेरै फैसला गर्ने न्यायाधीशका रूपमा शर्मा अगाडि देखिएका छन् ।

    सर्वोच्च अदालतको अभिलेखअनुसार २०७६ साउनदेखि २०८१ असारसम्म शर्माले सात हजार ३८८ मुद्दा तथा निवेदनमाथि फैसला गरेका थिए ।

    सोही अवधिमा पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्लले चार हजार ६७१, दोस्रो वरीयताका कुमार रेग्मीले छ हजार २२६ र तेस्रो वरिष्ठताका हरिप्रसाद फुयाँलले छ हजार ५२६ मुद्दा फर्स्योट गरेका थिए ।

    त्यस्तै, शर्मापछि पाँचौँ रोलक्रममा रहेका नहकुल सुवेदीले दुई हजार ३९७ तथा छैटौँ नम्बरका तिलप्रसाद श्रेष्ठले दुई हजार ७४६ मुद्दामा फैसला गरेको सर्वोच्च अदालतको अभिलेखमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images