images
images
  • ७ तले घरका मालिकको हातमा प्रहरीले हत्कडी लगायो किन ?

    काठमाडौं– अनामनगरस्थित विनायकनगरमा धोबीखोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भनिएको साततले घरका मालिक ईन्द्र चाम्लिङ पक्राउ परेका छन् ।

    आइतबार काठमाडौं महानगरपालिकाले उक्त घरमा डोजर चलाउँदै माथिल्ला चार तला भत्काएको थियो ।

    संरचना हटाउने क्रममा प्रहरीले घरमा खानतलासी गर्दा बन्दुक, प्रहरीको बर्दी तथा दर्ज्यानी चिन्ह फेला पारेपछि चाम्लिङलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको हो ।

    प्रारम्भिक सोधपुछका क्रममा चाम्लिङले ती सामग्री ‘सुटिङ प्रयोजन’ का लागि राखिएको बताएका छन् ।

    सार्वजनिक जग्गा मिचेर शक्तिकेन्द्रको आडमा घर निर्माण गरिएको आरोपबीच प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images