काठमाडौं– चीनले भ्रष्टाचारको आरोपमा पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई सम्पत्ति जफतसहित मृत्युदण्डको सजाय सुनाएको छ ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवैलाई सुरुमा दुई वर्ष जेलमा राखिनेछ र सो अवधिमा नयाँ अपराध नगरे सजायलाई आजीवन कारावासमा रूपान्तरण गर्न सकिनेछ ।
ली साङ्फुमाथि ठूलो मात्रामा घुस लिएको, पदको दुरुपयोग गरेको र सैन्य उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको आरोप छ ।
वेई फेङ्गेमाथि पनि रक्षा मन्त्रालयसँग सम्बन्धित निर्णयमा घुस लिएको अभियोग लागेको छ ।
यो कारबाही राष्ट्रपति सी जिङ पिङ नेतृत्वको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको बताइएको छ ।
पछिल्लो समय चीनको सेना, रकेट फोर्स र हतियार खरिद विभागसँग सम्बन्धित दर्जनौँ वरिष्ठ अधिकारीमाथि अनुसन्धान र कारबाही भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















