काठमाडौं– अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग चरणबद्ध रूपमा खुला गर्ने सहमति भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
रिपोर्टअनुसार, अमेरिकाले नौसैनिक नाकाबन्दी खुकुलो पार्ने र इरानले जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति जुटेको हो ।
अरबी सञ्चारमाध्यमका अनुसार, केही घण्टाभित्र होर्मुजमा रोकिएका जहाजलाई आवतजावत अनुमति दिइनेछ ।
अमेरिका–इरान तनावपछि इरानले जलमार्ग बन्द गर्दा विश्व ऊर्जा आपूर्ति प्रभावित भएको थियो ।
होर्मुज जलमार्ग विश्व तेल व्यापारको प्रमुख मार्ग मानिन्छ ।
यसको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेल मूल्यमा तीव्र उतारचढाव देखिएको थियो ।
यद्यपि, अमेरिका र इरान दुवै पक्षले यसबारे आधिकारिक प्रतिक्रिया भने दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















