images
images
  • ओलीले जमिन कब्जा गरी खडा गरेको एमाले कार्यालयमा डोजर चलाउने चेतावनीपछि अन्तै सार्ने तयारी

    काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा रहेका जग्गा र संरचना खाली गर्न सूचना जारी गरेपछि ललितपुरको च्यासलस्थित नेकपा ९एमाले० पार्टी कार्यालय पनि हटाउनुपर्ने भएको छ ।

    एमाले सचिव पद्मा अर्यालले कार्यालय स्थानान्तरणको तयारी भइरहेको बताइन् ।

    उनका अनुसार हालको कार्यालय वर्षायाममा डुबानमा पर्ने समस्या रहेको छ ।

    एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृति लिएर १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको भए पनि उक्त जग्गा हालसम्म लिजमा परिणत गरिएको छैन ।

    केही दिनमा नसारिएको डोजर चलाइने चेतावनी समेत दिइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images