काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बस्ने संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ ।
न्याय परिषद्ले सर्वोच्चका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्लाई पठाइसकेको छ ।
रोस्टरमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् ।
वरिष्ठताका आधारमा सपना प्रधान मल्ल पहिलो नम्बरमा रहेकाले उनी नै मुख्य दाबेदार मानिएकी छन् ।
तर, न्यायालय र राजनीतिक वृत्तमा मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पनि चर्चामा छ ।
हाल कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्लले सम्हालिरहेकी छन् ।
पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण चैत १८ गते अवकाशमा गएका थिए ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
वरिष्ठताको क्रम नमिचिए सपना प्रधान मल्ल नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्ने सम्भावना बलियो देखिएको छ ।






















