काठमाडौं– ९ अर्ब रुपैयाँको जल जीवन मिशन (जेजेएम) घोटाला प्रकरणमा पूर्व मन्त्री महेश जोशी पक्राउ परेका छन् ।
राजस्थानको भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी) को विशेष अनुसन्धान टोलीले बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकैको सान कोलोनीस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको हो ।
यसअघि उनी सोही प्रकरणसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा सन् २०२५ अप्रिलमा पक्राउ परेका थिए ।
करिब सात महिना जेल बसेपछि सर्वोच्च अदालतले डिसेम्बर २०२५ मा उनलाई जमानत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















