images
images
  • गगन थापा सभापति पदमा सीमित, पार्टीको सबै जिम्मेवारी र कामकारबाही विश्वप्रकाश शर्माको काँधमा

    काठमाडौं– नेपाली कांग्रेसको झापा राजनीतिमा शक्ति सन्तुलन फेरिँदै गएको छ ।

    विशेष महाधिवेशनपछि उपसभापति विश्वप्रकाश शर्मा जिल्लादेखि केन्द्रसम्म प्रभावशाली बन्दै गएका छन् भने कृष्णप्रसाद सिटौलाको पकड क्रमशः कमजोर र रक्षात्मक देखिन थालेको छ ।

    सिटौला निकट संरचनामा रहँदै आएका नेता तथा कार्यकर्ताहरू अहिले केन्द्रीय नेतृत्वसँग नजिकिँदै गएको देखिन्छ ।

    जिल्ला सभापति देउमान थेबे लगायत केही स्थानीय नेता पनि क्रियाशील सदस्यता अद्यावधिक र संगठनात्मक अभियानमा सक्रिय छन्, जसलाई शर्मापक्षले आफ्नो प्रभाव विस्तारको संकेतका रूपमा लिएको छ ।

    यसअघि झापामा सिटौलाको निर्देशनमै पार्टी गतिविधि सञ्चालन हुने गरेको भए पनि अहिले अवस्था बदलिएको नेताहरू बताउँछन् ।

    शर्माको बढ्दो उपस्थिति र संगठनभित्र युवा पंक्तिको समर्थनले उनलाई नयाँ शक्ति केन्द्रका रूपमा स्थापित गरेको छ ।

    दुई नेताबीचको दूरी २०६७ सालतिर जिल्ला राजनीतिबाट सुरु भएको मानिन्छ, जुन पछिल्ला महाधिवेशन र आन्तरिक प्रतिस्पर्धासँगै अझ गहिरिँदै गएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images