काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा पूर्वबजेट छलफलका लागि नेपाल सरकारका दुई मन्त्रीलाई आमन्त्रण गरेको छ ।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सूचना तथा सञ्चार मन्त्री बिक्रम तिमिल्सिना सहभागी हुनेछन् ।
पार्टीका तर्फबाट बजेट प्राथमिकता, नीति तथा कार्यक्रमका सम्भावित दिशाबारे सरकारसँग प्रारम्भिक समन्वय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको बताइएको छ ।
विशेषगरी पर्यटन प्रवर्द्धन, सूचना प्रविधि विकास, सञ्चार पूर्वाधार विस्तार तथा डिजिटल गभर्नेन्सका विषयमा केन्द्रित भएर छलफल हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ ।
छलफलमा रास्वपाका संघीय सांसदहरू तथा सम्बन्धित क्षेत्रका नीति विज्ञहरूको समेत उपस्थिति रहने बताइएको छ ।
रास्वपाले बजेट निर्माण प्रक्रियामा संसदीय दलको सक्रिय भूमिका सुनिश्चित गर्न र सरकारसँग नीति–स्तरको समन्वय मजबुत बनाउन यस्ता पूर्वबजेट छलफललाई निरन्तरता दिँदै आएको जनाएको छ ।






















