काठमाडौं– नेपाली बजारमा सुनको भाउ लगातार बढ्दै गएको छ ।
पछिल्ला दुई दिनमा मात्रै तोलामा ७ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबारको तुलनामा आज १ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार ५ हजार ५५ रुपैयाँ रहेको चाँदी बिहीबार ५ हजार १ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ, अर्थात् १ सय रुपैयाँको वृद्धि हो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढ्दै गएको छ, जहाँ आज प्रतिऔंस ४ हजार ७ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















