images
images
  • यी हुन् १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणी (सूचीसहित)

    काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।

    समितिका अनुसार समस्याग्रस्त घोषित १० सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

    अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।

    समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।

    अन्यथा कानुनबमोजिम असुली गरिने जनाएको छ ।

    साथै अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।

    समितिले बुधबार घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल को–अपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको हो ।

    ऋणीहरूको नाम :

    sahakari thula bachat kartha page 0001

    sahakari thula bachat kartha page 0002

    sahakari thula bachat kartha page 0003

    प्रतिक्रिया दिनुहोस्
    images
    images