images
images
  • इरानसँग युद्ध अन्त्य गर्दै अमेरिका, हर्मुज खुला गर्ने ट्रम्पको तयारी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्ध चाँडै अन्त्य हुने दाबी गरेका छन् ।

    जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका र इरानबीच सम्झौताको प्रयास भइरहेको बताएका हुन् ।

    उनले होर्मुज जलसन्धि र इरानको परमाणु कार्यक्रमबारे सहमति जुटाउने प्रयास भइरहेको पनि उल्लेख गरे ।

    सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्तामार्फत अमेरिकाले पेश गरेको प्रस्तावबारे आफ्नो जवाफ दिने तयारी गरेको छ ।

    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो धारणा राखिने बताएका छन् ।

    सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरान दुवै पक्ष युद्ध अन्त्य गर्ने सम्झौतातर्फ अघि बढिरहेको जनाएको छ ।

    इरानले भने अमेरिकी प्रस्तावमाथि अहिले आन्तरिक छलफल भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images