images
images
  • हर्क साम्पाङसँग डिभोर्स भएपछि उनेपा फकाउँदै सुदन, कुलमानले पत्याउनै गाह्रो

    काठमाडौं– हर्क साम्पाङसँगको दूरी बढेपछि सुदन किराती कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग नजिकिएका छन् ।

    बुधबार घिसिङ र किरातीबीच करिब दुई घण्टा छलफल भएको थियो ।

    त्यस क्रममा विचार मिल्ने समूहसँग मोर्चाबन्दी गर्दै एकतासम्म पुग्ने समझदारी बनेको स्रोतहरूले जनाएका छन् ।

    उनेपा हाल संगठन विस्तारमा सक्रिय छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता छोटो समयमै टुटेपछि पार्टीले आगामी रणनीतिमा सावधानी अपनाउँदै आएको छ ।

    किराती पहिले हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग जोडिने तयारीमा थिए ।

    तर, पछिल्ला दिनमा सामाजिक सञ्जालमा भएको आरोप–प्रत्यारोपपछि सम्बन्ध बिग्रिएर नयाँ राजनीतिक विकल्प खोजिएको बताइएको छ ।

    घिसिङले भने सबै समान विचारधारा भएका समूहसँग छलफल जारी रहेको र मोर्चा वा एकता दुबै सम्भावनामा खुला रहेको स्पष्ट पारेका छन् ।

    उनका अनुसार सीके राउत र रेशम चौधरीसँग पनि संवाद भइरहेको छ ।

    किराती समूहले पनि जनताको मुद्दा उठाउन नयाँ शक्तिहरूसँग सहकार्य आवश्यक रहेको बताउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images