images
images
  • सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमै थुन्न अनुमति, अनुसन्धान अझै जारी

    काठमाडौं– सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल र दीपक भट्टविरुद्धको अनुसन्धान प्रक्रिया अझै जारी रहने भएको छ ।

    विशेष अदालत काठमाडौंले दुवै अभियुक्तको थुनामा राखी अनुसन्धान गर्न थप म्याद दिने आदेश जारी गरेको हो ।

    विशेष अदालतका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले दिएको आदेशअनुसार अग्रवालको हकमा छैटौँ पटक र भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वैशाख २३ गते पठाएको पत्रका आधारमा सरकारी वकिलमार्फत अभियोजन प्रक्रिया अघि बढाउनुपर्ने साथै संशोधित कानुनी व्यवस्थाअनुसार अनुसन्धान तथा अभियोजन कार्य अझै बाँकी रहेको भन्दै थप समय माग गरिएको थियो ।

    अदालतले पेश भएका मिसिल तथा कागजात अध्ययनपछि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार संयुक्त अनुसन्धान टोलीमार्फत अनुसन्धान भइरहेको र हालै अध्यादेशमार्फत ऐनका केही प्रावधान संशोधन भई अदालतको क्षेत्राधिकार तथा अभियोजन निकायसमेत परिवर्तन भएको सन्दर्भलाई ध्यानमा राख्दै म्याद थप आवश्यक ठहर गरेको हो ।

    सो आदेशअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी दुवै अभियुक्तलाई १२ दिनको थप म्याद दिइएको छ ।

    यसअघि पनि दुवै जनालाई पटक–पटक म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो ।

    अहिलेको आदेशसँगै अनुसन्धान अझै केही समय लम्बिने देखिएको छ ।

    684690363 2475715222901244 3293949896391661162 n Hv0YK9w0bB

    प्रतिक्रिया दिनुहोस्
    images
    images