काठमाडौं– बेइजिङमा इरानका विदेशमन्त्री अब्बास अरागची र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिका–इरान तनाव, होर्मुज जलमार्ग र क्षेत्रीय सुरक्षा विषयमा महत्वपूर्ण वार्ता भएको छ ।
अमेरिका–इजरायलसँगको पछिल्लो युद्धपछि पहिलो पटक चीन पुगेका अरगाचीले चीनलाई इरानको नजिकको साझेदार भन्दै द्विपक्षीय सहयोग अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
उनले इरान वार्तामा आफ्ना वैध अधिकार र हितको रक्षा गर्दै निष्पक्ष सम्झौताको पक्षमा रहने बताए ।
यसैबीच, अमेरिकाले चीनलाई इरानमाथि दबाब बढाउन र होर्मुज जलमार्ग खुला गर्न आग्रह गरेको छ ।
इरानले युद्धपछि उक्त मार्गमा अवरोध गर्दा विश्व तेल आपूर्ति प्रभावित भई मूल्यवृद्धि र आर्थिक चिन्ता बढेको छ ।
चीनले अमेरिकी सैन्य नाकाबन्दीको आलोचना गर्दै इरानसँग संवाद जारी राखेको छ, तर जलमार्ग बन्द गर्ने कदमप्रति असन्तुष्टि पनि देखाएको छ ।
बैठकमा युद्धविरामको निरन्तरता, होर्मुजको पुनः सञ्चालन र आगामी अमेरिका–चीन शिखर सम्मेलनमा इरान मुद्दाको सम्भावित असरबारे छलफल भएको बताइएको छ ।






















