images
images
  • देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी प्रक्रियामा इन्टरपोलद्वारा थप कागजात माग

    काठमाडौं– इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा थप कागजात माग गरेको छ ।

    नेपाल प्रहरीको एनसीबी काठमाडौंमार्फत पठाइएको अनुरोधपछि इन्टरपोलले आवश्यक विवरण अपूर्ण भएको जनाएको हो ।

    गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    त्यसपछि उनीहरूविरुद्ध रेड नोटिसका लागि प्रक्रिया अघि बढाइएको थियो ।

    प्रहरी स्रोतका अनुसार, थप कागजात प्राप्त भएपछि मात्रै इन्टरपोलले रेड नोटिसबारे निर्णय गर्नेछ ।

    रेड नोटिस जारी भएमा सदस्य राष्ट्रहरूले उनीहरूको खोजी तथा आवश्यक परे नियन्त्रणमा लिन सक्ने व्यवस्था हुन्छ ।

    देउवा दम्पती भने फागुन १४ गते उपचारका लागि विदेश गएको बताइएको छ र अहिलेसम्म नेपाल फर्किएका छैनन् ।

    उनीहरू अहिले हङकङमा रहेको अनुमान गरिएको छ ।

    यसअघि देउवा पक्षले आरोपहरू अस्वीकार गर्दै सम्पत्ति विवरण कानुनी रूपमा पारदर्शी रहेको दाबी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images