काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले बैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
RB Diagnostic को प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलस्ट्रोल, युरिक एसिड लगायतका विभिन्न स्वास्थ्य परीक्षण सेवाहरू नि:शुल्क उपलब्ध गराइएको थियो ।
साथै विशेषज्ञ चिकित्सकहरूबाट परामर्श सेवा पनि प्रदान गरिएको थियो। सो शिविरबाट कुल ६०१ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन् ।
त्यसैगरी, कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ जनाको सहभागितासहित कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ ।
“किनकि, जीवन अमूल्य छ !”
भन्ने नारालाई आत्मसात् गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर बीमा सेवामार्फत सुरक्षित, सुनिश्चित र समृद्ध भविष्य निर्माणमा योगदान दिँदै आएको छ ।
करिब ३० प्रतिशत बजार हिस्सासहित अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित यस कम्पनीले विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको छ ।
देशका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत कम्पनीले सेवा प्रवाह गर्दै आएको छ ।
उच्च सेवा प्रतिबद्धताका कारण नेपाल लाइफले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति अध्यक्ष, सञ्चालकहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा नियामक निकायसहित सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै माया, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।


विश्व खबर 




















