images
images
  • उद्योग वाणिज्य महासंघ निर्वाचन परिणाम : जिल्ला नगर र वस्तुगत उपाध्यक्षमा को–को भए विजयी ?

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् ।

    शर्माले ८७ मत तथा श्रेष्ठले ८० मत प्राप्त गरेका छन् ।

    त्यसैगरी वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

    उनले ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत ल्याए ।

    महिला सदस्यतर्फ गीता अमात्य विजयी भएकी छन् ।

    उनले ८१ मत प्राप्त गरिन् भने हीरा भट्टराईले ६३ मत ल्याएर निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images