images
images
  • काठमाडौंबाट गैंडाको खागसहित ३ जना पक्राउ

    काठमाडौं– गैंडाको खागसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्ठसहित तीन जना रहेको प्रहरीले जनाएको छ ।

    दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम गैंडाको खाग बरामद भएको प्रहरीले बताएको छ ।

    मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गको टोलीले क्याफेमा तलासी गर्दा खाग फेला पारेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images