images
images
  • सुन–चाँदीको मूल्यग्राफ चुलियो, प्रतिग्राम कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बुधबार सुन–चाँदी दुवैको मूल्य बढेको छ ।

    सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    मंगलबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ ।

    आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ ।

    मंगलबार चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

    १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ रहेको छ ।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्य प्रभावित भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images