images
images
  • ट्रम्पले भने– बाँचुञ्जेल राष्ट्रपति पदमै रहनेछु

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अझै ८–९ वर्षसम्म पदमा रहन चाहेको बताएका छन् ।

    ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले मजाक नभई गम्भीर रूपमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।

    तर, अमेरिकामा कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था छ ।

    तेस्रो कार्यकालका लागि संविधान संशोधन गर्न कांग्रेसमा दुईतिहाइ बहुमत र ५० मध्ये ३८ राज्यको समर्थन आवश्यक पर्छ, जुन अहिलेको अवस्थामा निकै कठिन मानिन्छ ।

    यसअघि पनि ट्रम्पले तेस्रो कार्यकालको संकेत दिँदै आएका छन्, तर यस्तो सम्भावना व्यवहारिक रूपमा निकै चुनौतीपूर्ण देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images