images
images
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितका उच्च पदाधिकारीविरुद्ध चलिरहेको मुद्दामा प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।

    न्यायाधीश खिमानन्द भुसालको इजलासले अन्तिम सुनुवाइको तयारीस्वरूप प्रमाणहरू संकलन गर्न उक्त आदेश जारी गरेको हो।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने संगठित गिरोह सञ्चालन गरेको आरोपमा पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा लगायत ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको छ।

    अदालतको आदेशसँगै अब अन्तिम सुनुवाइ प्रक्रियाले तीव्रता पाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images