काठमाडौं– काठमाडौंबाट प्रकाशित विवरण अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ बचत अझै फिर्ता हुन बाँकी रहेको जनाएको छ ।
समितिका अनुसार हालसम्म ३५ करोड रुपैयाँ मात्र संकलन भएको छ र आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु गरिनेछ ।
साथै कर्जा असुलीलाई कडाइका साथ अघि बढाइने, मागदाबी पुनः खुला गरिने र ऋणीहरूमाथि कानुनी दबाब बढाइने नीति लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















